काठमाडौँ, २० वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरे पीडा दिइरहेको गुनासो गरेका छन् ।
बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको पीडा व्यक्त गरेका हुन् ।
‘कर्णालीमा हाम्रो पार्टीलाइ पूरै बेवास्ता गरिएको छ। यो राम्रो होइन । सरकारमा एकलौटी गर्न खोजिएको छ’, अध्यक्ष नेपालले भने, ‘गठबन्धन टिकाउने कुरा भइरहेको छ तर हामीलाई बाइपास गरिएको छ, पीडा दिइएको छ ।’
यसक्रममा उनले मनको पीडा पोखेको बताए । उनले भने, ‘मनका पीडा पोखेको हुँ।’
प्रतिक्रिया दिनुहोस्