चितवन , १७ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ महाधिवेशन बुधवारदेखी चितवनको रत्ननगरमा सुरु भएको छ । महाधिवेशनको एक समारोहकाबीच उपराष्ट्रपति नन्दवहादुर पुनले उद्घाटन गरेका छन् ।
महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै व्यवसायीहरुले यातायात क्षेत्रको विकासका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्नु पर्ने, २० वर्षे सवारी निती हटाउने सरकारको निर्णय पुर्नविचार गर्नुपर्ने लगायतका माग गरेका थिए ।
महाधिवेशनमा महासंघमा आवद्ध करिव ३ सय वटा संघ,समिति,प्रालिका गरी करिव २ हजार ३ सय जना महाधिवेशन प्रतिनिधी र पर्यवेक्षकको सहभागीता रहनेछ ।
महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि ८३ सदस्यीय नयाँ कर्यसमिति चयन गर्नुका साथै विभिन्न एजेण्डा पारित गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।
महाधिवेशनले एक अध्यक्ष,३ वरिष्ठ उपाध्यक्ष,८ उपाध्यक्ष,१ महासचिव,,३ उपमहासचिव,३ सचिव,१ कोषाध्यक्ष,१ सहकोषाध्यक्ष,१० वर्गिय संयोजक,७ प्रदेश संयोजक लगायत चयन गर्नेछ । १० जना भने सल्लाहाकार समिति र अन्य सदस्य मनोनित हुने प्रावधान रहेको छ । मुलुक संघियतामा गईसकेकाले महासंघले पनि सोही अनुसार कार्यसमिति र विभिन्न प्रदेश संयोजक चयन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्