काठमाडौँ २० बैशाख । नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण बिहीबार मात्र हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले नवनियुक्त मन्त्रीको शपथ भोलि दिउँसो ३ बजे हुने रातोपाटीलाई जानकारी दिए ।
राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको सिफारिशमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । बस्नेत कांग्रेस सभापति देउवा निकट हुन् भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस्