ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनः दरखास्त आह्वान


एबीसी / संवाददाता
२१ बैशाख २०८०, बिहिबार   ६ : ०९   बजे

काठमाडौँ, २१ वैशाख । लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्यांक हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ ।

आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्यांक हराएकाले उम्मेदवारलाई पुनःदखास्त गर्न आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद सुवेदीले जानकारी दिए । उनले डाटा रिकभरी गर्न नसकिने भएपछि पुनःदरखास्त गर्नुपरेको बताए ।

“डाटा सेन्टरमा अवस्थित पूर्वाधारमा विसं २०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् डाटा सेन्टरबाट डाटा रिकभरीको कार्य भइरहेको तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने सम्बन्धमा यकीन गर्न नसकिने व्यहोराको जानकारी प्राप्त भएको छ”, उनले भने, “डाटा रिकभरी भएपछि अनिश्चितकालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापनसम्बन्धी कार्यलाई यथास्थितिमा राखिरहन नमिल्ने भएकाले यही वैशाख १४ गतेको आयोगको निर्णयले पुनःदरखास्तका लागि आह्वान गरिएको हो ।”

आयोगले गत मंसिर, पुस र माघ महिनामा प्रकाशित ती पदका विज्ञापनमा पुनःदरखास्त आह्वान गरिएको हो । ती पदमा सम्बन्धित उम्मेदवारले आगामी जेठ १८ गतेभित्र पुनःदरखास्त पेस गरी सक्नुपर्नेछ ।

विसं २०७९ मंसिर महिनामा प्रकाशित राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुस महिनामा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणीको अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापन र माघ महिनामा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणको डाटा हराएको हो ।

पूर्वउम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्वसम्बन्धी विवरण सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अद्यावधिक गरिसकिएको हुँदा पुनःदरखास्त पेस गर्ने उम्मेदवारले दरखास्त दस्तुर बुझाउनुपर्ने छैन ।

पुनःदरखास्त आह्वान गरिएका विज्ञापनमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो । सोही समूहको विज्ञापनमा मात्र आवेदन गर्नुपर्नेछ । यसपूर्व दरखास्त पेस गर्ने कुनै उम्मेदवारको प्रोफाइल आयोगको दरखास्त प्रणालीमा उपलब्ध नभई लगइन गर्न असमर्थ भएको अवस्थामा त्यस्ता उम्मेदवारले साविकमा दरखास्त पेस गर्दा आफूले उल्लेख गरेको मोबाइल नम्बर प्रयोग गरी नयाँ प्रोफाइल खोली पुनःदरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Yemen’s Education System Fractured by Conflict, Leaving Students in Limbo

Colombia’s President Announces Controversial Deportation Policy Targeting Undocumented Immigrants

Greenland Establishes Truth Commission Over Decades-Long Forced Contraception Scheme

USDA Advances Plan to Revoke Roadless Rule, Favoring Logging and Mining

Missing Hydropower Workers Re-Establish Contact After Nepal Flash Floods

ADB Approves $5 Million Grant to Aid Nepal Flood Survivors

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu