ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशलाई फराकिलो अन्तरले पाखा लगाउदै थ्रि स्टार आहा राराको फाईनलमा


admin
१७ माघ २०७४, बुधबार   ७ : १३   बजे

पोखरा, १७ माघ । पोखराको रङ्गशालामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपकमा पाहुना टिम बङ्गलादेशलाई फराकिलो गोल अन्तरले पाखा लगाउदै रुस्लान थ्रि स्टार १६ औं आहा रारा गोल्डकपको फाईनलमा प्रबेश गरेको छ ।

बुधबार सम्पन्न खेलमा पाहुना टिम उत्तर बरिन्धारा बङ्गलादेशलार्ई ५–० को फराकिलो गोल अन्तरले पाखा लगाउदैै थ्रि स्टार फाईनलमा प्रबेश गरेको हो ।

रुस्लान थ्री स्टारको जितमा बिष्णु गुरुङ र निराजन खड्काले बराबर एक एक गोल गरे भने विश्वास श्रेष्ठले ह्याट्रिक गरे ।

खेलको ४१ औं मिनेटमा पोखरेली खेलाडी विष्णु गुरुङको गोलबाट थ्री स्टारले गोलको खाता खोेल्यो । त्यसै गरी ४५ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा निराजन खड्काले दोस्रो गोलको रुपमा बललाई जाली चुमाए ।

ह्याट्रिक गर्दै म्यान अफ दि म्याच बन्न सफल बिश्वास श्रेष्ठले पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा तेस्रो गोल गर्दै टिमलाई जितको नजिक पु¥याए ।

पहिलो हाफ ३—० ले अगाडि रहेको थ्रीस्टारले थप दुई गोल गर्न केही समय खर्चियो । निराजन खड्काले मिलाईदिएको पासलाई विश्वासले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । निराजनकै पासमा ७५ औं मिनेटमा विश्वासले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे ।

पोखराको रङ्गशालामा आयोजित आहा रारा गोल्डकपको पहिलो अनुभब सँगाल्दै उत्तर बरिन्धरा क्लब गोलको भारी बोकेर फर्कियो ।

बिहीबारको दोस्रो सेमिफाईनल खेल धरान फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group