ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन परियारले मन्त्रीहरु समावेशी नभएको भनेपछि देउवा जंगिए


ABC NEWS
२१ बैशाख २०८०, बिहिबार   ३ : ४५   बजे

 

काठमाडौं २१ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सहमहामन्त्री जीवन परियारबीच भनाभन भएको छ। धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकमा दुई नेताबीच मन्त्रीका विषयमा भनाभन भएको हो।

परियारले पार्टीका तर्फबाट ८ जना मन्त्री पठाउँदा दलित, मधेशी तथा पछाडि परेको क्षेत्रबाट समावेश नगराइएको भन्दै गुनासो गरेपछि देउवाले जवाफ फर्काएको बताइएको छ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सहमहामन्त्री परियारले मन्त्री चयनको विषयमा कुरा राखेका थिए। उनले ८ जना मन्त्री पठाउँदा समावेशी नहुनुको कारण सोधेको ती पदाधिकारीको भनाइ छ।

‘जीवनजीले मन्त्री बनाउँदा दलित, मधेश तथा पिछडिएका वर्गको प्रतिनिधित्व किन भएन भनेर गुनासो गर्नुभयो,’ ती पदाधीकारीले भने, ‘यसले कार्यकर्ता र जनतामा सकारात्मक सन्देश गएन, हामी समावेशी भएनौँ भन्नुभयो।’

जवाफमा सभापति देउवाले सबैलाई समेट्न नसकिने भन्दै कांग्रेसको एकल सरकार बनेमात्र सबैलाई समेट्न सम्भव हुने जवाफ दिएको ती नेताले जानकारी दिए।

‘कहाँ सम्भव छ, कहाँ सम्भव छ। पहिला बहुमत ल्याउने सिंगल सरकार बनाउने अनि सबैलाई समेट्ने,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले त्यो सम्भव छैन भनेर सभापतिले भन्नुभयो।’

सभापति देउवाले सरकार आलोपालोमा चल्ने भएकाले अर्को पटक अवसर दिन्छु भनेर बैठकमा बोलेको ती पदाधीकारीले जानकारी दिए।

सहमहामन्त्री परियार संस्थापन इतर समूहबाट मन्त्रीका आकांक्षी थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group