ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलाई प्रधानमन्त्रीको अफरबारे ओली चकित परे : ‘मैले पनि अखबारहरुमा पढेँ’


ABC NEWS
२१ बैशाख २०८०, बिहिबार   ४ : ३१   बजे

 

काठमाडौं २१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको कुरा इन्कार गरेका छन्।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भएको वार्तापछि पत्रकारहरुको जिज्ञासाका क्रममा उनले रविलाई प्रधानमन्त्री प्रस्ताव गरेको कुरा अस्वीकार गरेका हुन्।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनको विकल्पमा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने चर्चाबीच ओलीले त्यसलाई गलत भनेका हुन्।

पत्रकारको प्रश्न थियो, ‘रवि लामिछानेसहित एमालेले गठबन्धन बनाउने कुरा चलिरहेको छरु तपाईंले प्रधानमन्त्री अफर गर्नु भएको होरु’, ओलीले जवाफमा भने, ‘मैले पनि अखबारहरुमा पढेँ, मलाई बाँकी जानकारी छैन।’

नेकपा एमालेले गत पुस १० गते बनाएको सात दलीय गठबन्धनमा रास्वपा पनि मिसिएको थियो। तर यो गठबन्धन नभत्किँदै गत माघ १३ गते रविले नागरिकता विवादमा पद गुमाएपछि रास्वपाले माघ २२ गते सरकार छाडेको थियो।

यद्यपि रास्वपाले अहिले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिइरहेको छ।

प्रधानमन्त्रीसँग रविले साविककै मन्त्रालय मागेको चर्चाबीच बुधबार मन्त्रिपरिषद् विस्तार भएको छ। प्रचण्डले कांग्रेसका तीन नेतालाई मन्त्री बनाएसँगै रविको सरकारमा पुनरागमन सम्भावना करिब सक्किएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu