काठमाडौं, १७ माघ । सात दिन अघि फुलचोकीमा हाईकिङ जाँदा हराएका बालक जिवितै भेटिएका छन् । स्कुलबाट हाईकिङ जाने क्रममा हराएका जोन तामाङलाई बुधबार फुलचोकीको खोंचमा खसेर फसेको अवस्थामा भेटाईएको हो । तामाङको नेपाली सेना र प्रहरीले उद्धार गरेको छ।
बच्चा जिवितै भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले बताए। ‘बच्चाको अवस्था राम्रो छ,’ उनले भने।
कक्षा ५ मा अध्यनरत तामाङ गत पुस ११ गते स्कुलबाटै हिउँ खेल्न फुलचोकी गएका थिए। प्रिन्सिपल र ११ जना बिद्यार्थी घुम्न गएकोमा फर्कने क्रममा तामाङ बेपत्ता भएका थिए।
लगाचार ५ दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले सो क्षेत्रमा खोजतलास गरेको थियो। सातौं दिनमा उनी जिवितै भेटिएका हुन्।
प्रतिक्रिया दिनुहोस्