काँकडभिट्टा, १७ माघ । काभ्रेका लक्ष्मण सापकोटाले नेपालकै होचो स्थल झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको साहित्यिक आरोहणका लागि पैदलयात्रा शुरु गर्नुभएको छ ।
सापकोटाले केचनाकवलको माटो सगरमाथा पु-याउने उद्देश्यले पैदल यात्रा आरम्भ गर्नुभएको हो ।
झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देन, प्रदेश सांसद वसन्त बानियाँ र केचनाकवल गाउँपालिका अध्यक्ष अन्जार आलमको हातबाट खादा र टीका लगाएर सापकोटाले केचनाकवलबाट मंगलवार ८ः३० बजे यात्रा आरम्भ गर्नुभएको हो ।
सापकोटाले साहित्यको क्षेत्रबाट पहिलोपटक सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । उहाँले सोलुखुम्बुको ६ हजार २०० मिटर अग्लो इम्जात्से र ६ हजार ६५४ मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।
उहाँले २०७१ सालमा मेची–महाकालीको १ हजार २८५ किलोमिटर साहित्यिक दौडसमेत पूरा गर्नुभएको छ ।
सापकोटाले सगरमाथामा आफ्नो उपन्यासको विमोचन गर्ने र चुचुरोमा पुगेर कविता वाचन गर्ने योजना बनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्