ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी शरणार्थी प्रकरण जघन्य अपराध हो, संलग्नलाई जो भएपनि कारबाही हुनु पर्छ : नेका बैठक


ABC NEWS
२२ बैशाख २०८०, शुक्रबार   ७ : ३६   बजे

काठमाडौं २२ बैशाख । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य अपराध भनेको छ। उसले प्रकरणमा जोडिएका सबैलाई कराबाहीका दायरामा ल्याउनु पर्ने प्रष्ट पारेको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै सजायको दायरमा आउनु पर्ने बताए।

‘नक्कली भुटानी शरणार्थी अवश्य पनि जघन्य अपराध हो। यस्तो सोच्नै नहुने कुरा भयो भन्ने आइरहेको छ। पत्रपत्रिकामा बाहिरएपछि हामीले जानकारी पाएको हो,’ उनले भने, ‘क्रियाकलपा अमानवीय आपराधिक काम हो। जति निन्दा गरे पनि कम हुन्छ। को(को संलग्न, कसरी संलग्न भएको छ, अनुसन्धानकर्ता अथोरिटीले बाहिर ल्याउला। अनुसन्धान र न्याय निरुपण पनि होला। जो(जो सहभागी छन्, गलत आपराधिक क्रियाकलाप गर्नेहरु सजायको दायरमा आउनु पर्छ। आउँछन्।’
पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा शुक्रबार अपरान्ह बसेको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले कानुनले काम गरिरहेका बेला राजनीतिकर्मीहरु बोल्न नहुने पनि बताएका छन्।

‘कानुनले काम गरिररहेका बेला राजनीतिककर्मी र दलहरु चुप लाग्नु पर्छ’, उनले भने, ‘तर राजनीतिले काम गरेका बेला कानुनले बाटो बिरायौ भन्न पाउँछ। नक्कली शरणार्थीको हकमा जसले गल्ती गरे पनि कारबाही हुनु पर्छ।’

उनले नेपाल जस्तो गरिबको देशमा हुने भ्रष्टाचार गरिब जनताको घरमा चोरी हुनु जस्तै हुने पनि उदाहरण दिए।

शर्माले अब राणा शासनदेखिकै भ्रष्टाचारका फाइल खोल्न तयार हुनु पर्ने पनि बताएका छन्। ‘राणा शासनदेखिकै फाइल खोलौँ, भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राखिनु हुन्न’, उनले अगाडि भने, ‘भ्रष्टाचार गरेको पैसाले मेरो परिवार पालिएको रहेछ भने कारबाही हुनुपर्छ, सबैलाई कारबाही हुनुपर्छ।’

शर्माले नक्कली शरणार्थी प्रकरणमा कानुनले स्वच्छन्द रुपमा काम गर्न पाउनुपर्नेमा पनि जोड दिए। ‘गणतन्त्र हो, कानुनले स्वच्छन्द रुपमा काम गर्न पाउँछ’, उनले भने, ‘विधिको विषयमा कांग्रेस‍(एमाले भन्न हुँदैन। विधिले प्रश्न उठाएपछि कोही पनि उम्किन पाउँदैन।’

नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पनि मुछिएको विषयमा उनले कसैलाई छाड्न नहुने बताए।
‘यो वा त्यो भनेर कसैलाई बचाउन पाइँदैन। कानुनले काम गर्दा मेरो नेता कार्यकर्ता भन्न पाइँदैन’, उनले भने, ‘तर कसैमाथि भ्रष्टाचारको छानबिन गर्दा तथ्यमा आधारित हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group