ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाका गृहमन्त्री बालकृष्ण खाण पनि नक्कली शरणार्थी अनुसन्धानको घेरामा तानिए


ABC NEWS
२२ बैशाख २०८०, शुक्रबार   ७ : ४९   बजे

काठमाडौं २२ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको घेरामा परेका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पुर्‍याउने योजना सहित सूची हेरफेर प्रकरणमा सबैभन्दा पछि गृह प्रशासनमा जोडिन आइपुगेका पात्र हुन्, टेकनारायण पाण्डे। खाँणका विश्वासपात्र पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको इच्छा अनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको प्रहरीलाई बताएका छन्।

यो गिरोहमा हालसम्म पक्राउ परेका आठ जनामध्ये पाण्डे सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्ति हुन्। उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सचिव पाण्डेले नै शुरूमा गिरोहका बिचौलिया समूहसँग मन्त्री खाणको भेट गराइदिएको देखिएको छ। “रामबहादुर थापा गृहमन्त्री छँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजीत राईको भूमिका पछि सचिव पाण्डेले निभाएको प्रमाणबाट खुल्छ,” यो प्रकरणको शुरूदेखि नै अनुसन्धान गरिरहेका ती प्रहरी अधिकृतले हिमालखबरसँग भने, “पाण्डेले भेट गराइसकेपछि भने गृहमन्त्री खाणले सोझै भेट्ने गरेका रहेछन्।”

पाण्डेको मोबाइलबाट समेत खाण यो प्रकरणमा प्रत्यक्ष जोडिएको ‘क्लू’ भेटिएको प्रहरी दाबी छ। ह्वाट्सएप मार्फत गिरोहका बिचौलियासँग कुराकानी गर्दा पाण्डेले मन्त्री खाणको नाम बारम्बार लिएको भेटिएको जनाइएको छ। “यो प्रमाणलाई पुष्टि गर्ने गरी पाण्डेले गृहमन्त्रीको इच्छा अनुसार आफूले काम गरेको हामीसँग बताएका छन्,” एक प्रहरी अधिकृतले बताए । २०७५ सालदेखि गृह प्रशासनको मिलेमतोमा यो गिरोह सक्रिय भएको पनि अनुसन्धानबाट खुलेको छ।

एमालेका सचिव एवं पूर्व मन्त्री टोपबहादुर रायमाझीले पनि यो गिरोहलाई सघाएको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। आफ्ना सांसद विरुद्ध पक्राउ पूर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर नक्कली शरणार्थी बनाउने गिरोहमा खाण पनि संलग्न रहेको संकेत गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७४ फागुन १४ देखि २०७८ असार २८ गतेसम्म रामबहादुर थापा गृहमन्त्री थिए। देउवा नेतृत्वको सरकारमा खाण २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म गृह मन्त्रालय सम्हालेका थिए ।

खाण गृहमन्त्री बनेको एक महीनापछि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा सरुवा भएका थिए। २०५१ सालमा विद्यालय निरीक्षकबाट सरकारी सेवामा छिरेका पाण्डेले जागीरको लामो समय शिक्षा सेवामै बिताएका थिए। उनले गृह प्रशासनको अनुभव लिएको सचिव भएपछि मात्र हो।

प्रहरीद्वारा गिरोहको नाइके भनिएका केशव दुलाल र कांग्रेस नेताहरूको सम्बन्ध पुरानो छ। कांग्रेस नेता सुजाता कोइराला उपप्रधानमन्त्री छँदा दुलाल निजी सहायक थिए। अर्का आरोपित सागर थुलुङ मोरङको पथरी(शनिश्चरे नगरपालिका–१० को वडाध्यक्षमा कांग्रेसबाटै २०७४ सालको स्थानीय तह चुनावमा निर्वाचित भएका थिए।  

८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ।

बिचौलियासम्म सरकारी कागजात पुर्‍याउन पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृह प्रशासनको नेतृत्व गर्ने सचिवको भूमिका देखिएको प्रहरीको भनाइ छ। “छुटेकाहरूलाई फेरि दर्ता गर्न गृह मन्त्रालयले पटके निर्णय पछिसम्मै गरेको छ,” यो प्रकरणको अनुसन्धान शुरू गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसी भन्छन्, “सरसर्ती हेर्दा कारणवश सूचीमा समेटिन नसकेकाका लागि यति राम्रो निर्णय भए जस्तो देखिन्छ। तर, यसको उद्देश्य अर्कै रहेको अनुसन्धानले देखाउँछ। संगठित रूपमै पाँच वर्षदेखि यो काम भइरहेको पाइन्छ।”  
खाण पनि संलग्न रहेको भेटिए लगत्तै भएको नेका पदाधिकारी बैठकले कानुनले काम गरेका बेला राजनीतिक स्टन्टवाजी गर्न नहुने भन्दै अनुसँनधानलाई सघाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu