ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमाण नष्ट गर्न सचिव पाण्डेको मोबाइल ‘फर्म्याट’ : सबै नतानिएको अवस्थामा अनुसन्धान अधिकारीलाई अप्ठेरो


एबीसी न्यूज
२३ बैशाख २०८०, शनिबार   ७ : ५५   बजे

काठमाडौं, २३ बैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको हाई प्रोफाइल ठगीमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरी अधिकारीका अनुसार पाण्डेलाई पक्राउ गर्दा उनीसँग भएको मोबाइल पनि नियन्त्रणमा लिइएको थियो । ‘तर, उनले सबै डाटा हटाइसकेका रहेछन् ।

हामीले फरेन्सिकमा पठाएका छौं’, अनुसन्धानमा खटिएका एक अधिकारी बताउछन् ।प्रहरीले दुई दिनअघि पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार यसअघि पक्राउ परेका केशव दुलाल र पाण्डेबीच निकट सम्बन्ध देखिएको छ । पाण्डे र दुलालबीच पारिवारिक सदस्यसरह कुराकानी भएको देखिन्छ । ‘पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरे पनि दुलालबाट बरामद भएको मोबाइलबाट उनीसँग भएका सबै कुराकानी देखिन्छ ।

घटनामा पाण्डेको संलग्नता पुष्टि गर्ने धेरै तथ्यहरु त्यहाँ छन्’, ती अनुसन्धान अधिकारी भन्छन् ।दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका पीए हुन् । अनुसन्धान अधिकारीका अनुसार पाण्डे सचिव भएर गृह मन्त्रालयमा आएपछि गिरोहले उनलाई सम्पर्क सूत्रका रुपमा प्रयोग गरेको थियो । यो प्रकरणमा हालसम्म आठ जना पक्राउ परेका छन् । तीमध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि छन् । प्रतिनिधिसभा सदस्य टोपबहादुरको खोजी भइरहेको छ ।

उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।यसअघि पक्राउ परेका सानुराम भन्डारी, दुलाललगायतले आफूहरु बीचमा बसेर काम गरेको र माथिका मान्छेले पैसा लिएर काम नगरी धोका दिएको अनुसन्धानका क्रममा बताएको बुझिएको छ । ‘यो घटनामा जो जो संलग्न छन्, उनीहरु सबै नतानिएको अवस्थामा अनुसन्धान अधिकारीलाई अप्ठेरो पर्न सक्ने अवस्था छ’, प्रहरी प्रधान कार्यालयको एक उच्च अधिकारीले भने । प्रहरीका अनुसार खोजीमा रहेका ईन्द्रजीतका छोरा एक महिनादेखि नेपालमा छैनन् । यो घटनामा जोडिएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक त्यसको केही दिनदेखि नेपालमा नरहेको अनुसन्धान अधिकारी बताउँछन् । प्रतीकले आफूले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu