ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार परिवर्तनको हल्ला बेकार हो : उपेन्द्र यादव


ABC NEWS
२३ बैशाख २०८०, शनिबार   ४ : ४६   बजे

काठमाडौं २३ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्। उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने बताए ।

रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले कम्फर्टेबल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे।

‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ,’ उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन। र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो। गल्ती कहाँ छ ? त्यहाँ सच्याएर अघि बढ्ने बेला हो। र, त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनु पर्छ।’

अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थियो।

‘सरकार स्थिर भएर काम गर्नुपर्छ। र, जनतालाई डेलिभरी दिनुपर्छ। अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनु पर्छ। र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ,’ उनले भने, छत्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो। र, यसलाई आवश्यक्ता ठानेरै जनता समाजवादी पार्टीले यो गठबन्धन निर्माणमा सरकारको भनेको सक्दा सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन। अहिले पनि कम्फर्टेबल मेजरिटीको सरकार छ। ५ दलीय गठबन्धनको सरकार हो। र, गठबन्धनसँग पर्याप्त मत छ। संख्या छ।’

अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए। थुप्रिएर रहेको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको बुझाई थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group