काठमाडौं २३ बैशाख। सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ। बालुवाटारमा बसको गठबन्धनको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने दबाब बढिरहेको छ। तर, बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुन नभएको प्रष्टाए।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न मिल्ने कानुनविदहरुको सत्ता गठबन्धनलाई सुझाव
प्रतिक्रिया दिनुहोस्