ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाण पनि मुछिए, रकम वार्गेनिंगको अडिओ प्रहरीसँग, आरजुले भनिन् – ‘म डराउन्न’


ABC NEWS
२४ बैशाख २०८०, आइतबार   ५ : ०७   बजे

काठमाडौं २४ बैशाख । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको भिडिओ सार्वजनिक भएको छ।

सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ।

प्रहरी उच्च स्रोतका अनुसार उक्‍त अडिओ प्रहरीलाई पीडितले जाहेरी दिंदा नै बुझाएको थियो र त्यसमा अनुसन्धान जारी छ। अहिले सार्वजनिक भएकोभन्दा लामो अडिओ आफूकहाँ आएको प्रहरी स्रोतले दावी गरेको छ ।

“हामीसँग सो अडिओको ३० मिनेट लामो वार्ता सुरक्षित छ,’ स्रोतले भन्यो।

उक्त अडिओमा कुराकानी गर्ने गिरोहका ती सदस्य पनि अहिले प्रहरी हिरासतमा रहेको र अनुसन्धान जारी रहेको स्रोतले बतायो।

उक्त भिडिओमा भनिएजस्तो देउवा र खाणलाई पैसा बुझाएको सत्य हो वा होइन एकिन हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो।

‘अनुसन्धान जारी छ, अहिले नै केही भन्न मिल्दैन,’ स्रोतले भन्यो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रक्रियामा अहिलेसम्म २० वटा जाहेरी परेका छन्, जसमा एक सय बढी पीडित छन्।

सार्वजनिक भएको अडिओमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाणलाई ६ करोड रकम बुझाएको उल्लेख छ। खाण पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी पत्नी हुन्।

सांसद खाणको सचिवालयले सामाजिक सञ्जालमा आइरहेका अडिओ झुटो भएको दाबी गरेको छ।

उनले नक्कली भुटानी शरणार्थीबारे सांसद खाणलाई सरोकार नै नभएको बताए।

अडिओमा पीडितले काम हुनै लाग्दा प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको भन्दै गुनासो गरिरहेको सुनिन्छ। गिरोहले आफूहरूलाई दुहुनो गाई बनाएको गुनासो उक्त कुराकानीमा सुनिन्छ।

‘काम सकिनै आँट्यो आखिरमा सिडिओको सरूवा गरिदिन्छ। ल काम हुन लाग्यो भन्यो सरूवा हुन्छ। पर्सिदेखि काम सुरू भन्यो झ्याम्म पारेर खायो सिडिओ सरूवा गरिदिन्छ। कति सरूवा गर्‍या भन्या। नियतवश हो नि त दाइ। के काम हुन्छ रातारात सरूवा गरिदिने। दुहुनो गाई हामी त,’ पीडितले भनेका छन्।

यसरी पीडितले गुनासो गरिरहँदा गिरोहका व्यक्तिले भने आफूले सबै मिलाइदिने र मिडियाहरूसँग समेत कुराकानी गरेको बताएका छन्।

‘आरजुलाई साढे दुई करोड बुझाएको हो, ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मञ्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ त्यहाँ बुझ्नुभएको हो,’ पीडितले भनेका छन्।

अडियो रेकर्ड
संसदको बैठकमभा आरजु राणाले भनिन्भ्र– भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने मेरो ठूलो प्रश्न छ। म नभएको दिनमा मेरो नामलाई इगिंत गरेर अनेकथरि प्रश्न उठेको छ र आज पनि प्रश्न उठेको पाएको छु। एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन रहेछ। पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाष्य मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने। त्योभन्दा अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई त्यो असह्य हुने। योचाहिँ परिस्थिति बनेको छ। जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्न।

पूर्वगृहमन्त्री बालकृष्ण खाणले शनिबार एक विज्ञप्‍ति जारी गर्दै आफू यस घटनामा संलग्न नभएको बताएका थिए।

यस प्रकरणको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ। प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरेको छ। जसमध्ये केही उच्च पदस्थसँग सम्बन्धित व्यक्तिहरू समेत छन्।

पीडितहरूले सुरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले सुरूमा चैत १२ तीन जनालाई पक्राउ गरेको थियो।

सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सन्देश शर्मा र सागर राई छन्।

प्रहरीले यस घटनाको अनुसन्धान गर्न सांसद टोपबहादुर रायमाझी, बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरालगायत विरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ।

गिरोहले प्रत्येक पीडितबाट ५ देखि ५० लाख रुपैयाँसम्म उठाएर करोडौं रकम असुल गरेको प्रहरीले बताएको छ।

भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै गृह मन्त्रालयले २०७६ साल जेठमा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। कार्यदलले मन्त्रालयमा प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक गरेको भने छैन।

त्यही प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीहरूको नाम उल्लेख गरी अनुसूचीसमेत थप गरिएको अनुसन्धानमा देखिएको छ। प्रतिवेदनमा ८ सय बढीको नाम उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group