ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणमा ओलीले प्रश्न उठाए – कतै प्रतिशोध त छैन ?


ABC NEWS
२४ बैशाख २०८०, आइतबार   ५ : १५   बजे

काठमाडौं २४ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको करोडौं ठगीबारे सरकारले गरिररहेको अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

आइतवार दिउँसो संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकका क्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रकरणमा सरकारको निष्पक्षतामाथि प्रश्न गरेका हुन्।

ओलीले सांसदहरुलाई सम्बोधनका क्रममा भ्रष्टाचार र ठगी जस्ता आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने उल्लेख गरे।

‘भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ। उनीहरुलाई एमाले जोगाउनु पर्छ भन्ने पक्षमा छैन’, ओलीले दलको बैठकमा भने, ‘तर अनुसन्धान निष्पक्ष र विश्वासिलो हुनु पर्यो, कसैलाई जोगाउने र कसैलाई फसाउने नाममा अघि बढिन्छ भने त्यो हाम्रा लागि सह्य हुँदैन।’

दलको बैठकमा सम्बोधन गर्दै ओलीले एमालेकै शीर्ष नेताहरु जोडिएको नक्कली शरणार्थी प्रकरणलाई सरकारले राजनीतिक रंग दिन खोजेको पनि बताए।

‘यो प्रकरणको अनुसन्धानका नाममा सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको देखिएको छ’, उनले भने ‘यस प्रकरणमा मुछिएका जोकोही कारबाही भागी हुन्। तर सरकारनिकटहरुलाई बचाउने गरी अनुसन्धान अघि बढाइएको छ। यो अनुसन्धानको निष्पक्षतामाथि प्रश्न गर्ने ठाउँ छन्।’

ओलीले कारबाहीको अनुसन्धान प्रक्रियामा एमालेले सरकारलाई साथ दिने पनि बताएका थिए। तर उनले पटक पटक अनुसन्धानको निष्पक्षतामाथि प्रश्न गर्दै राजनीतिक इगोका रुपमा सरकारले लिन खोजे ठीक नहुने पनि उल्लेख गरे।

पत्रकारलाई ओलीको झर्को जबाफ : ‘टोपबहादुर मेरो सम्पर्कमा छैनन, तपाईंहरु नै खोज्नुस न !’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group