ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विचरा गगन थापालाई पनि ‘अति’ भएछ, ‘खति’ कहिले त ?


ABC NEWS
२४ बैशाख २०८०, आइतबार   ८ : ४८   बजे

काठमाडौँ २४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्री छनोटमा आपत्ति जनाएका छन्। कांग्रेसबाट ९ जना मन्त्री बन्दा आफूलाई उपेक्षा गरिएपछि महामन्त्री थापाले असन्तुष्टि जनाएका हुन् । उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताए ।

आइतबार फेसबुकमा उनले लेखेका छन्,ूकहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो
कांग्रेस सभापति शेरबहादुर देउवा निकट ६ जना मन्त्री बन्दा नेता शेखर कोइराला पक्षका ३ जना मन्त्री बने । महामन्त्री थापाले सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परिवारलाई मन्त्री बनाउन चाहेका थिए । तर कांग्रेसका ९ जना मन्त्री सरकार पुग्दा महामन्त्री गगन थापा पनि ‘पावर एक्सरसाइज’भन्दा बाहिर रहे । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धनबाट भत्काएर कांग्रेसलाई सत्तामा कमब्याक गराउन निर्णायक भूमिका खेलेका थापा मन्त्री छनोटमा प्रभावहीन बने ।

मन्त्री छनोटमा सभापति देउवा र नेता शेखर कोइरालाको दोहोरो उपेक्षा भोग्नु परेको उनको गुनासो छ । चैत १७ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भयो । खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्री नियुक्त भए ।

वैशाख ३ मा एनपी साउद परराष्ट्रमन्त्री भए भने वैशाख २० मा उपसभापति धनराज गुरुङ कानुन, मोहन बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बु खेलकुद मन्त्री बने । आइतबार कांग्रेसका सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारीसहित सरकारमा सामेल भएका छन् । विभिन्न चरणमा गरी देउवाले प्रचण्ड नेतृत्वको सरकारमा आफू निकट ६ र नेता शेखर कोइराला निकट ३ जनालाई मन्त्री बनाए ।

उपसभापति खड्का, नेता महत, साउद, रिजाल, बस्नेत र गुरुङ देउवा पक्षीय हुन् भने अर्का उपसभापति गुरुङ, जिल्ला सभापति लिम्बु र नेता आचार्य कोइराला निकट मानिन्छन् । आचार्य राष्ट्रपति रामचन्द्र पौडेलका नातेदार पनि हुन् । आचार्यलाई मन्त्री बनाउनुको पछाडि राष्ट्रपति पौडेलको भूमिका रहेको कांग्रेस वृत्तमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu