ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई खाण गृहमन्त्री हुँदा छुटाइएको थियो: पूर्वएआइजी शर्मा


एबीसी न्यूज
२५ बैशाख २०८०, सोमबार   १२ : ०८   बजे

नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन्।

पूर्वएआइजी शर्माले यो प्रकरणबारे सामाजिक सञ्जाल टिकटकमा पनि त्यतिबेला के भएको थियो भनेर एउटा भिडिओ बनाएर पोष्ट गरेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने योजना बनाएको गिरोहले उनको सरकार ढलेपछि प्रहरीमा उजुरी गरेको उनको दाबी छ। उजुरी आएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले दुई जना अभियुक्तलाई पक्राउ गरेको उनले बताएका छन्। त्यतिबेला खाण गृहमन्त्री थिए।

‘त्यतिबेला राजनीतिक दबाबमा ती दुई जनालाई छोडिएको थियो,’ शर्माले भनेका छन्। शर्मा २०७३ फागुनमा एआइजीबाट अवकाश भएका थिए। उक्त भिडिओमा उनले भनेका छन्– सानु भण्डारीले अहिले फरार रहनुभएका उपप्रधानमन्त्री (टोपबहादुर रायमाझी) लाई मामा भन्थ्यो। उहाँसँग नजिक भयो। (रायमाझीले) सहज गरिदिएको भन्नुहुन्थ्यो। सहजीकरण मात्र गरिदिएको भए अहिले किन फरार हुनुपर्थ्योरुअगाडि आएर आफ्नो कुराहरू भनेको भए हुन्थ्यो। उहाँको छोरा उहाँसहित भएपछि आत्मबल बढ्यो अगाडि बढेको काम गर्न थाले।

काम गर्न थालेपछि पैसा दिन सक्ने नक्कली शरणार्थी खोज्न थाले। पूर्वमा झापा मोरङ, पश्चिममा दाङ, प्युठान, सल्यान, मोरङ, रूकुम, रोल्पा, गोरखामा मान्छे खोज्न थाले। यो बीचमा रामबहादुर थापा पनि गृहमन्त्री भए। इन्द्रजित राई सुरक्षा सल्लाहकार भए। राई सँगै रामबहादुर थापाका छोरा पनि त्यसमा संलग्न हुन थाले। पीडितहरुलाई फोटो देखाएर पनि आश्वस्त पार्न थालियो।

त्यतिखेर बादलको छोरा र तत्कालिन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा (दिपेश पुन) मिलिभगतमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप थियो भने कुरा सर्वविदितै छ। इन्द्रजित राई आएपछि गृह प्रशासन थप मिल्न थाल्यो।

कति शरणार्थी छुटेको भन्ने पत्ता लगाउन त्यतिबेला सहसचिवको संयोजकत्वमा गठित कार्यदलका तीन जना गएका हुन्। ४२९ जना छुटेको नामावली उनीहरूले ल्याए। त्यसमै १२५ जना विचौलियाहरूले थपेका पाइएको थियो।

त्यसपछि एमालेको सरकार ढल्यो। शेरबहादुर देउवाको सरकार आएपछि हल्लीखल्ली भयो। पैसा पनि लिइसकेको थियो, केही पैसा पनि फिर्ता गरे। पैसा फिर्ता नहुनेहरू प्रहरीमा उजुरी लिएर गए। त्यतिखेर प्रहरीले दुई जनालाई समातेको थियो। पछि राजनीतिक दबाबमा छोडेको हो।

खाण गृहमन्त्री हुँदा नै उजुरी परेको र दुईजना मान्छे पक्राउ गरिएको थियो। तर मन्त्री खाणले दवाब दिएर छुटाए ।
– पूर्व एआईजी बिज्ञानराज शर्मा pic.twitter.com/Z7s7g7k4jN

— 💬Diness Ac. (@DnesKazi) May 8, 2023

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group