ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढाकाकुमारको सांसद पद रहने अन्तरिम आदेश जारी हुंदै गर्दा विन्दाबासिनी कंसाकार सांसद बनिन्


ABC NEWS
२५ बैशाख २०८०, सोमबार   ५ : ०१   बजे

काठमाडौं २५ बैशाख । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। यत अदालतले अन्तरिम आदेश दिंदै गर्दा उता संसद सचिवालयले भने रास्वपाको सिफारिशतमा विन्दवासिनी कंससकारलाई सांसद बनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार ढाकालाई निलम्बनसहित सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

अदालतले यस मुद्दामा ढाकामाथिको कारबाहीलाई लिएर रास्वपा केन्द्रीय आचरण तथा अनुशासन समितिसँग कारण देखाउन पनि आदेश दिएको छ। यससँगै उनको संसद पद पनि नजाने भएको छ। उनी रास्वपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिए।

सर्वोच्चले विपक्षीसँग ढाकामाथिको कारबाहीबारे कारण देखाउन आदेश दिँदै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बोलाउन पनि भनेको छ।

दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाको पद गत वैशाख १२ गतेदेखि खाली भएको थियो।

रास्वपाले गरेको परिपत्र अनुसार सभामुख देवराज घिमिरेले संसद बैठकमा श्रेष्ठको सांसद पद खाली भएको सूचना पढेर सुनाएका थिए।

ढाकाको पद गएपछि रास्वपाबाट आदिवासी जनजाति क्लस्टरको सूचीमा दोस्रो नम्बरमा रहेकी विन्दबासिनी कंसाकार सांसदमा निर्वाचित गरेको थियो।

रास्वपाले त्यसअघि नै ढाकाकुमारलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णयसहित संसद सचिवालयलाई पत्र पठाएको थियो।

रास्वपाको उक्त निर्णयविरुद्ध सांसद श्रेष्ठले पार्टीको पुनरावेदन कमिटीमा अपील गरेका थिए।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ मा सांसदलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था छ। रास्वपाले यही व्यवस्थालाई टेकेर श्रेष्ठलाई कारबाही गरेको थियो।
विन्दाबासिनी कंसाकार बनिन् सांसद

आयोगले कंसाकारलाई आइतबार सांसदको प्रमाणपत्र समेत दिइसकेको आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए।

रास्वपाका समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ मागेका थिए। उक्त अडिओ बाहिर आएपछि रास्वपाले छानविन गरी उनलाई निलम्बन गरेको थियो।

यस्तै पार्टीले उनको सांसद पद समेत नरहने गरी कारबाही गरी विन्दाबासिनीलाई सांसद बनाउने निर्णय गरेको थियो।

प्रतिनिधि सभा संसदले पनि समानुपातिक सांसदको पद खाली रहेको जानकारी निर्वाचन आयोगलाई दिन्छ। उक्त जानकारी प्राप्त भएपछि आयोगले ७ दिनभित्र समानुपातिक सांसदको नाम पठाउन माग गर्ने वाग्लेले बताए।

त्यसअनुसार नै रास्वपाले विन्दावासिनीको नाम पठाएको थियो। त्यसमा उनलाई सांसद बनाउने आयोगले निर्णय गरेको हो।

निर्णय गरेपछि आयोगले यसको जानकारी संघीय संसदलाई पनि दिनुपर्ने र प्रमाणपत्र दिनुपर्ने वाग्लेले बताए।

आजै सर्वोच्च अदालतले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न रास्वपालाई अन्तरकालीन अन्तरिम आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu