ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई स्वर्णिमको चुनौती : ‘घोषणापत्र पढेर आर्थिक सुधारका विषयलाई अघि बढाउ’


ABC NEWS
२५ बैशाख २०८०, सोमबार   ५ : १३   बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने भन्दै उठाएको विषय गलत रहेको वाग्लेले टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्न सक्ने हो भने धेरै स्थान रहेको उनको भनाइ थियो । सरकार जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने उनको सुझाव छ । नेपाली काँग्रेसको घोषणापत्र पढेर आर्थिक सुधारका विषयलाई अघि बढाउन वाग्लेले सुझाव दिए ।
अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले मात्रै न्याय गर्न नसक्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै वाग्लेले अहिलेको अर्थतन्त्रको सुधारका लागि झारफुकले नहुने र सर्जरी नै गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘सरकारले हिजो रातिसम्म ७ खर्ब ३३ अर्बको राजश्व संकलन गरेको छ भने १० खर्ब १६ अर्ब खर्च छ । त्यति ठूलो खाडल कसरी पूरा गर्ने रु’ वाग्लेले भने ‘कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ छ । कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको छ । अर्थतन्त्रको गतिसँग समान देखिरहेका छैनौं । कहाँ चुहिरहेको छ ।’ यी विषयमा सरकारले फरक ढङ्गले सोच्नुपर्ने र प्राथमिकता पुनःमूल्याङ्कन गर्नुपर्ने उनले बताए ।

अर्थतन्त्र समस्याग्रस्त भई लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको उनको भनाइ छ । ‘८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण भएको देशमा २ प्रतिशतभन्दा कममा रूमल्लिरहेका छौं’ वाग्लेले भने ।

अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको उनले बताए । सडक, विद्यालयका संरचनाभन्दा पनि गुणात्मक सेवामा जोड दिनुपर्ने उनको भनाइ छ । ‘५० को दशकमा हामीले विद्यालयको भवन माग गर्‍यौं, खानेपानी, सडक, अस्पतालको माग गर्‍यौं, तर अहिले विद्यालय छन् । थोरै भए पनि विद्यार्थी विद्यालय जान्छन् तर विद्यालयमा पढाइ हुँदैन, सिकाइ छैन । आजको चुनौति भनेको विद्यालय निर्माण गर्ने होइन, सिकाइको संकटलाई सम्बोधन गर्ने हो । स्वास्थ्य चौकी छ, दक्ष सेवा छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu