काठमाडौँ, २६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक आज आज बस्दै छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुने छ । सो छलफल पछि केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुने छ ।
एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदै छ ।
यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेटलगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौँमा सारिएको थियो ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्