ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पारिजात


एबीसी न्यूज
१८ माघ २०७४, बिहिबार   ९ : १८   बजे
रिमा के.सी.

निरन्तर फुल्छौ, झर्छौ

झर्नुपर्छ भन्ने थाहा हुँदा पनि

फुलिरहन्छौ फेरिपनि ।
फुल्नु तिम्रो कि प्रकृतिको दोष ?
फुल्ने तिम्रो रहर कि बाध्यता ?
कति रहर होला तिम्रो पनि
फुल्न ढकमक्क भर्भराउँदो
यौवनको सुवास बाड्ने हात-हातमा
हावाको मन्द-मन्द गतिमा बहकिन
रविको प्रभाती-किरण सँगै चहकिन
बर्षाउँदा बादलले पानी सँगै महकिन
पुतली/माहुरी/भँमराका ताँतीसँग लहसिन
नाम छ तिम्रो परिजात अफसोच !
यति कमजोर, यति निम्छरो ?
कसैले छुन नपाउँदै खसिदिने
तिमीले वरदान पायाै या अभिशाप ?
तिमी हजारौंमा एक छौ
फूलहरूको बेग्ला-बेग्लै सुवासमा
स्थान पनि छ तिम्रो आफ्नै
कस्ले बुझिदिने तिम्रो पीडा ?
-फुल्नुकाे तिम्रो पीडा
-भुईँमा झर्नुकाे पीडा
तिमी फुल्छौ किन ?
तिमी झर्छौ किन् ?
कसलाई छ तिम्रो वास्ता ?
कस्लाई छ सोच्ने फुर्सद ?
मतलवी समयसित मतलव मात्र छ
सबै आ-आफ्नो गीत गाउन व्यस्त
सबै हुँदारहेछन् यहाँ त खेल्न मस्त
तिमी फुलिरहेछौ, झरिरहेछौ
आफ्नै जिन्दगीबाट
जिन्दगी जस्तो पल्लवित
सुवास छरिरहेछौ
कोहि तिमीलाई चुम्दै-चुम्दै हिड्छ
कोही तिम्रै छाती कुल्चिदै हिड्छ
तिमी चूपचाप फुलिरहन्छौ, झरिरहन्छौ
यो बाटोका एक-एक यात्रीसँग खोज
तिम्रो लुटिएको खुशी उनीहरूसितै छ
तिमीसित त छन् पीडाहरू मात्र ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने

अदालतको आदेश हुँदाहुँदै वीरगञ्जमा एनटीसीको भवन भत्काइयो, टेलिकमको आपत्ति

सम्बन्धित

‘हिरोज’ र ‘न्यासभिल’की अभिनेत्री हेडन पानेटियरको ३६ वर्षमा निधन

‘मास्टर्नी’ विवादपछि दुर्गेशको ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक

अमेरिकामा गुञ्जिँदै नेपाली संगीत : शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलको विशेष सांगीतिक यात्रा

प्रकाश सिलवालको ‘पारिजात’ सार्वजनिक, एकतर्फी प्रेममा गौरव र खुशी

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, सात दिनभित्र विवाह गर्ने अठोट

बक्सअफिसमा ‘गौँथली’को दबदबा, २३ करोड ५५ लाख कमाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu