ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी अपराधमा संलग्‍नता नभए टोपबहादुर रायमाझी किन भागेका छन् ? : जसपा सांसद यादव


ABC NEWS
२६ बैशाख २०८०, मंगलबार   १ : ३१   बजे

काठमाडौँ २६ बैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भनेर अदालतले पक्राउ पूर्जी जारी गरेपछि फरार हुँदा सांसद तथा एमाले सचिव टोपबहादुर रायमाझीमाथि नै प्रश्न उठेको जसपा सांसद प्रदीप यादवले बताएका छन् ।

रायमाझी प्रहरीको सम्पर्कमा रहेको हल्लाले उक्त प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई पनि शंकाको घेरामा पारेको यादवको भनाइ छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले नक्कली शरणार्थी प्रकरणमा सांसद रायमाझीले प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताएका छन् । प्रहरीले पनि निष्पक्षताका साथ शंका नउठ्ने ढंगले अनुसन्धान गर्नुपर्ने माग सांसद यादवले गरेका छन् । ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ करोडौं रकम असुल्ने मुद्दामा फरार रहनुभएका फरार माननीय टोपबहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन । यदि उनी दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् रु लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्दछ । उनका छोरा पक्राउ पर्नुले थप बल पुगेको अवस्था छ,’ यादवले भने ।

प्रहरीले सांसद रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्नेमा त्यसो हुन नसकेको पनि यादवको भनाइ छ । ‘नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्ने हुन्छ । नभए प्रहरीको काममाथि नै हामीले प्रश्न गर्ने अवस्था सिर्जना हुन सक्छ,’ उनले भने, ‘टोपबहादुर नेपालमै रहेको र प्रहरीसँग सम्पर्कमा रहेको समेत हल्ला चलेको छ । यसले पूरा प्रकरणको अनुसन्धानलाई नै शंकाको घेरामा ल्याउन सक्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको छवि अन्तर्राष्ट्रिय मंचमा नै धमिलो बनेको यादवको भनाइ थियो । उक्त प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे । ‘रायमाझी पक्राउ गर्दै यस प्रकरणमा संलग्न जोकोहीलाई पनि कानुनको दायरामा ल्याएर दोषी देखिएका कडा कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यो प्रकरणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बिग्रिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउने विषयले देशको देशको अन्तर्राष्ट्रियस्तरमा बेइज्जती हुने अवस्था आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu