काठमाडौं २६ बैशाख । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने चर्चासँगै लामो समयपछि आज शेयर बजार दोहोरो अंकले बढेको छ ।
राष्ट्र बैंकले यही साता मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.६६ अंकले बढेको हो । ०.५८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८४४.३६ अंकमा उक्लिएको छ ।
आज २६९ कम्पनीका २८ लाख ३६ हजार १ सय ३९ कित्ता शेयर किनबेच हुँदा ७७ करोड ४७ लाख ६० हजार ६ सय ४७.०७ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज पिपुल्प पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४७ प्रतिशतले नाफा कमाएका छन् भने यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.६८ प्रतिशतले घाटा ब्यहोरेका छन् ।
आज हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ९६ लाख २५ हजार ९ सय १३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार १९.१२ अंकले बजार घट्दा ६० करोड ८१ लाख ३५ हजार ९४.१३ रुपियाँ र हिजो सोमबार १६.९३ अंकले बजार घट्दा ८२ करोड ४२ लाख १७ हजार १.८५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्