ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने


ABC NEWS
२६ बैशाख २०८०, मंगलबार   ५ : ०९   बजे

काठमाडौं २६ वैशाख । नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको वृहत् नागरिक आन्दोलनले विज्ञप्ति मार्फत भनेको छ ।

यो घटनाले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भइरहेको आपराधिक क्रियाकलापलाई उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै बुधबार दिउँसो ३ बजे भद्रकालीमा विरोध प्रदर्शन गरिने आन्दोलनले जनाएको छ ।

‘अमेरिका लैजाने नाममा सय नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अब रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट भइरहेको ढाकछोपप्रति बृहत् नागरिक आन्दोलनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।

गम्भीर संगठित अपराधको अनुसन्धानलाई दलीय पहुँच र राजनीतिक हस्तक्षेपका आधारम प्रभावहीन बनाउनु र दोषीलाई संरक्षण गरी उन्मुक्ति दिनु दण्डहीनताको प्रोत्साहन र कानुनी शासनको बदख्वाइँ रहेको वृहत् नागरिक आन्दोलनले जनाएको छ ।

‘अपराधमा संलग्न राजनीतिक व्यवसायीहरुको उन्मुक्ति दिने राजनीतिक चलखेलविरुद्ध आम नागरिकलाई सडकमा उत्रिएर खबरदारी गर्न हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu