काठमाडौं २६ बैशाख । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको हो।
पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि गठबन्धनको बैठक बसेको हो।
विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा प्रधानमन्त्री प्रचण्डले लगातार छलफल जारी राखेका छन्।
मंगलबार बिहानैमात्र बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीले छलफल गरेका थिए।
एमालेले रायमाझीलाई कारबाही गर्नुको सट्टा षडयन्त्रको व्रिफिंग
यसैबीच नक्कली शरणार्थी प्रकरणमा मुछिएर अदालतबाट पक्राउ पुर्जी जारी भएका सचिव टोपबहादुर रायमाझीबारे एमालेले पर्ख र हेरको नीति लिएको छ।
मंगलबार च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकमा सचिव रायमाझीबारे कुरा भए पनि कुनै निर्णय नभएको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।
‘हाम्रा सचिव टोपबहादुर रायमाझीबारे लामो छलफल र निर्णय गरिरहनु परेन। एमाले कानुनको पालना गर्ने कुरामा प्रतिवद्ध छ’, गुरुङले भने, ‘टोपबहादुरको नाम शरणार्थी प्रकरणमा आएको छ। यसमा हाम्रो निष्कर्ष भनेको विधिको शासन मान्ने भएकाले विधिपूर्वक कानुनलाई सघाउनुपर्छ भन्ने हो।’
गुरुङले विधिको शासन मान्ने, कानुनको शासन मान्ने पार्टीले कानुनलाई सघाउनु पर्छ भन्ने निष्कर्ष बैठकको रहेको पत्रकारहरुलाई बताए।
पत्रकारहरुले गम्भीर आपराधिक घटनामा मुछिएकाले कुनै कारबाही भयो किरु भनेर सोधेका थिए। त्यसको जवाफमा गुरुङले दोषी ठहर भइनसकेको अवस्थामा निलम्बन, निष्कासन या अन्य कारबाहीको कुरै नआउने बताए।
‘टोपबहादुरजीमाथि आरोप मात्रै लागेको हो। दोषी ठहर भइसकेको अवस्था छैन’, उनले भने, ‘यस प्रकरणमा हामीले त्यति हतार गर्नु जरुरी छैन।’







प्रतिक्रिया दिनुहोस्