काठमाडौं, २७ बैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाण भाग्नसक्ने आशंकामा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिनुपहिले प्रहरीले नै जारी गर्ने जरूरी पुर्जी थमाएर उनलाई गरेको हो।
एमाले सचिव टोपबहादुर रायमाझीजस्तै खाण पनि लुक्न वा भाग्न सक्ने आशंकामा सुरूमा जरूरी पुर्जी थमाउने र त्यसपछिमात्र अदालती प्रक्रियामा पुग्ने निर्णय गरेको प्रहरी उच्च स्रोतले बतायो। यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए।
उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर बुधबार पक्राउ गरेको हो।खाणको पक्राउबारे प्रहरीले अहिले थप प्रक्रिया अघि बढाइसकेको छ। उनीविरूद्ध पक्राउ पुर्जी लिन प्रहरी काठमाडौं जिल्ला अदालत जाँदैछ। प्रहरी अधिकारीहरूका अनुसार जरूरी पुर्जी बोकेर प्रहरीहरू बुधबार ९ बजेतिरै बालकृष्ण निवास मैजुबहाल पुगेका थिए।
पक्राउ गर्न प्रहरी आएको चाल पाएपछि उनी चुकुल लगाएर भित्रै बसेको सुरक्षा स्रोत बताउँछ।भित्र कोठामा रहेका पूर्वगृहमन्त्री खाणले त्यहाँबाट विभिन्न व्यक्तिलाई फोन गर्न थालेको सुरक्षा स्रोतको दाबी छ।धेरै बेर फोनमा अलमलिएपछि अन्ततः उनी पक्राउ परेको सुरक्षा स्रोतले बतायो।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो।
प्रहरी हिरासतमा रहेका सचिव टेकनारायणले पूर्वगृहमन्त्री खानकै निर्देशनमा आफूले काम गरेको बताएका थिए।
उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले गत बुधबार पेप्सीकोलाबाट पक्राउ गरेको थियो।
खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको थियो। कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए।
प्रतिक्रिया दिनुहोस्