ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान आर्थिक अवस्था : विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब (पूर्णपाठ)


ABC NEWS
२७ बैशाख २०८०, बुधबार   ३ : ३३   बजे

काठमाडौं २७ बैशाख । विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड थियो ।

राष्ट्र बैंकद्वारा आज सार्वजनिक तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति १७।९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चिति १४।८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ ।

चालू आर्थिक वर्षको नौ महिनामा बैंकहरूमा निक्षेप ७ प्रतिशतले बढेको र कर्जा प्रवाह ३।५ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।

११ महिनाको वस्तु आयात र ९।४ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको राष्ट्र बैंकले बताएको छ ।

९ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७।६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७।२८ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।९३ प्रतिशत र गैर(खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८।४२ प्रतिशत रहेको छ ।

९ महिनामा आयात १८।१ प्रतिशत तथा निर्यात २६।३ प्रतिशतले घटेको छ । भने, व्यापार घाटा १७।१ प्रतिशतले घटेको हो ।

चालू आवको ९ महिनामा कुल वस्तु निर्यात २६।३ प्रतिशतले कमी भई ११८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९।४ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७९र८० को नौ महिनामा कुल वस्तु आयात १८।१ प्रतिशतले कमी आई १२०१ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२।० प्रतिशतले बढेको थियो ।
सोधानान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालू खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

संघीय सरकारको खर्च चालू आर्थिक वर्षको नौ महिनामा ९ खर्ब ४३ अर्ब ५ करोड भएको जसमा राजस्व परिचालन ६ खर्ब ८३ अर्ब ८१ करोड भएको राष्ट्र बैंकले जनाएको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Nine-Months-data-of-2079.80

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group