ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर दृढतापूर्वक अघि बढ्न हौसला दिए


ABC NEWS
२७ बैशाख २०८०, बुधबार   ३ : ५७   बजे

काठमाडौं २७ बैशाख । नेपाली कांग्रेस रुपान्तरणका लागि देश दौडाहाको तयारी गरिरहेका तेस्रो पुस्ताका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका छन्।

पार्टीकै केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउपछि सिंहदरबार पुगेका तेस्रो पुस्ताका नेताहरुले उनलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन्।

उनीहरुले सरकारले नक्कली भुटानी शरणाथी प्रकरणमा चालेको कदम प्रति आफूहरुको ऐक्यवद्धता रहेको बताए।

‘सरकारको कदमको हामीले ऐक्यवद्धता रहेको जानकारी गरायौँ,’ भेटमा सहभागी कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले भने, ‘भोलिका दिनमा कसैको दबाब र प्रभावमा परेर वा कुनै बहानामा छानबिन अवरुद्ध नहोस् भनेर आग्रह गर्यौँ।’

जवाफमा गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरुको साथले हौसला बढेको बताए।
‘भ्रष्टाचारले राजनीति र व्यवस्थामाथि परेको प्रभावबारे राम्रोसँग जानकार छु,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘कसैको दबाब र प्रभावमा पर्दिन। कारबाहीको सिलशीला अगाडि बढ्छ। आग्रह–पूर्वाग्रह नराखी छानबिन हुनुपर्छ भन्ने पक्षमा छु।’

गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरुसँग नक्कली शरणार्थी प्रकरणमा संलग्न जुन सुकै घराना र साइनोका भए पनि आफू प्रभावित नहुने पनि बताए।

‘कुनै घराना र साइनोबाट म प्रभावित हुन्न,’ आचार्यले उनको भनाइ उद्धृत गर्दै भने।

भेटमा कांग्रेस केन्द्रीय सदस्य आचार्यसँगै अर्का केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, युवा नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, विनोद कायस्थलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu