काठमाडौं २७ बैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न चार दिन म्याद थप गरिएको छ।
बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।
खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो। त्यसपछि अदालत लगेको हो।
खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ।
प्रतिक्रिया दिनुहोस्