ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाणमाथि अनुसन्धान परिपक्व भएपछि मात्र कारबाही बारे सोच्ने पदाधिकारीमा समझदारी, भोलि पनि बैठक


ABC NEWS
२७ बैशाख २०८०, बुधबार   ८ : ५२   बजे

काठमाडौं २७ बैशाख । नेपाली कांग्रेस पदाधिकारी बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको विषयमा कुनै निर्णय लिएन । पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले आजको वैठक भ्रातृ संगठन र विभाग गठनको विषयमा केन्द्रित रहेको बताए ।

बैठकपछि पत्रकारले खाणको विषयमा के निर्णय भयो भनि सोधेका थियो । डा.महतले अहिले अनुसन्धानकै क्रममा भएकाले कांग्रेसले हतार नगर्ने बताए ।

‘टोपबहादुर रायमाझी त पूर्जी काटिएपछि फरार हुनुभयो । बालकृष्णजी त्यसरी भाग्नुभएको छैन । अनुसन्धानमा सहयोग गर्नुभएको छ । अनुसन्धान परिपक्व होस, अनि पार्टीले निर्णय गर्छ’, उनले भने ।

अनुसन्धान परिपक्व नभइकन अहिले नै निष्कर्षमा पुगेर पार्टीले दोषी करार नगर्ने डा. महतले बताए ।
करिब ३ घन्टा बसेको वैठकमा पूर्वगृहमन्त्री तथा पार्टीका नेता बालकृष्ण खाणको बारेमा छलफल भएको थियो ।

वैठकपछि नेताहरुले पत्रकारलाई प्रतिक्रिया दिन चाहेनन् । खाणलाई निलम्बन गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीका अनुसार भोलि फेरि पदाधिकारी र पूर्वपदाधिकारीको वैठक बस्ने सल्लाह भएको छ । भोलिको वैठकले निलम्बनका बारेमा निर्णय लिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu