ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन मेडिकल कलेजकी छात्रालाई परीक्षा हलबाट निकालेपछि गरिन् आत्महत्या


abc tv
२८ बैशाख २०८०, बिहिबार   ११ : २२   बजे

काठमाडौँ । चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छिन् । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले आत्महत्या गरेकी हुन् । बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् ।

परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका थिए । त्यसपछि आफूमाथि अपमान भएको महसुस गर्दै आफ्नो कोठामा गएकी थिइन् । त्यही झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ । साथै मेडिकल कलेजहरूमा विभिन्न वाहनामा दिइने मानसिक तनावहरूलाई नियन्त्रण गर्न समेत माग गरेको छ ।

राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भामले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई हेप्ने, तुच्छ शब्दमा गाली गर्ने जस्ता मानसिक यातना दिने गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्नुपर्नेमा बताए ।

विद्यार्थीहरूलाई परीक्षामा फेल गराइदिने धम्की समेत दिने गरेको भन्दै यस्तो कार्य पूर्ण रूपमा रोकिनुपर्ने कमिटीको माग छ । ‘कसैको इगो भन्दा महत्त्वपूर्ण कुरा विद्यार्थीहरूको मानसिक स्वास्थ्य र उनीहरूको जीवन हो । यसको रक्षा गरिनुपर्छ । अध्यक्ष भामले भने । थापाको आत्महत्यापछि चिकित्सा शिक्षा सङ्घर्ष अभियानले समेत विरोध जनाएको छ ।

अभियानले विज्ञप्ति जारी गर्दै चितवन मेडिकल कलेजमा निरन्तर कलेज प्रशासनबाट विद्यार्थीहरूलाई गरिने व्यवहार एकदम अपमानजनक र खेदजनक रहेको बताएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न अभियानले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu