ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले गरिरहेको कारवाहीको जस लिएर नारायणकाजी हिरो बन्न खोजेको ओलीको आरोप


ABC NEWS
२८ बैशाख २०८०, बिहिबार   १ : ०८   बजे

काठमाडौं २८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनका नाममा केही मन्त्री हिरो हुन खोजेको भन्दै उनले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठप्रति असन्तुष्टि पोखे । प्रहरीले गरिरहेको अनुसन्धानको जश आफूले लिएर केही मन्त्री हिरो बन्न खोजेको ओलीको व्याख्या छ ।
२०७४ देखि एकमना सरकारको सवैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ओली नक्कली शरणार्थीका बारेमा कुनै कारवाही गरेका थिएनन् । तर उनले २०१२ देखि नै नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गरिएको दावी गरेर के भन्न खोजेका हुन् प्रष्ट गरेनन् ।सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको दावी गरेका छन् ।

बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले अहिलेसम्म तीन सय भन्दा बढी नेपाली नक्कली शरणार्थी बनेर अमेरिका छिरिसकेको बताए।

‘भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया मैले नै अघि बढाएको हो। भुटानले फिर्ता लान नमानेपछि उनीहरुलाई प्लास्टिकको पालमुनि बिजोग अवस्थामा राख्न सकिँदैन थियो’, उनले भने, ‘मैले नै अमेरिकासँग कुरा अगाडि बढाएर अहिले अधिकांश शरणार्थी पुनर्वासमा गएर राम्रो जीवनयापन गरिरहेका छन्।’

उनले यो प्रकरण सन् २०१२ देखि सुरु भएको बताउँदै अहिलेसम्म ३ सयदेखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको पनि दाबी गरे।

‘अहिलेसम्म तीन सयदेखि चार सय नेपाली नक्कली भुटानी बनेर अमेरिका छिरिसकेका छन्’, उनले भने, ‘यसबारेको विस्तृत विवरण म आगामी जेठ ४ गतेको संसद् बैठकमा सार्वजनिक गर्छु।’

उनले नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीलाई मात्रै दोषी देखाउन खोजिएपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसमा संलग्न सबैलाई तान्न दबाब दिएको पनि बताए।

‘यसमा हाम्रा सचिव टोपबहादुरजी र उहाँका छोराको नाम मात्रै लिइयो, दोषी उहाँहरु नै जस्तो गरेर हल्लाखल्ला गरियो’, उनले भने, ‘तर मैले प्रधानमन्त्रीलाई भेटेर यसमा बृहत् छानबिन गर्न भनेँ, त्यहीकारण अहिले अरु पनि छानबिनको दायरमा आइरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu