ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण खाणलाई कांग्रेसले निलम्वन गर्न सकेन, देउवा मर्माहत


एबीसी न्यूज
२८ बैशाख २०८०, बिहिबार   ७ : ५३   बजे

 

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाण भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन्।पक्राउ परेका खाण गृहमन्त्री रहेका बेला खाणकै रोजाईका गृह सभिव टेकनारायण पाण्डेले पोलेपछि प्रहरीले बुधबार पक्राउ गरेको थियो।

बैठकमा खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गरिनुपर्ने पक्ष महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी रहे पनि सभापति देउवाको अनिच्क्षाका कारण निर्णय हुन सकेन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने कुरा देउवा पक्षका पदाधिकारी पूर्णवहादुर खड्का समेतको मत रहेको छ ।

‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्नेबित्तिकै ऊ दोषी हो भन्न मिल्दैन। त्यसलाई अभियुक्तका रूपमा लिइन्छ। अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ,’ बैठकपछि सहमहामन्त्री जीवन परियारले पत्रकारहरुसँग भने, ‘दोषीलाई कुनै पनि हालतमा छोड्न हुँदैन, निर्दोष पर्न हुन्न।’

कांग्रेस नेता खाणले अनुसन्धानलाई सहयोग गरिरहेको उनले बताए।

‘हाम्रो पार्टीका नेता खाणले अनुसन्धानलाई सहयोग पुर्‍याउनुभएको छ,’ उनले भने, ‘कांग्रेस दोषीलाई उम्काउने पक्षमा छैन, सत्यतथ्य छानबिन होस्। अनुसन्धानलाई सहयोग गर्ने कुरामा पार्टी एकमत छ।’

एमालेले टोपबहादुर रायमाझीलाई सचिवबाट निलम्बन गरेको विषयसमेत छलफलमा आएको उनले बताए।

‘दोषी ठहरिए के गर्ने भन्ने अदालतको निर्णयपछि नै केही निर्णय होला,’ उनले भने, ‘अदालतमा विचाराधीन विषयमा कांग्रेसले आधिकारिक धारणा अहिले नै बनाएर जान हुन्न।’

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कुनै पनि विवाद नरहेको उनले दाबी गरेका छन्।

विहीबारको बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ तथा विभागलाई पूर्णतालगायत विषयमा पनि छलफल भएको थियो।

कांग्रेस विधानअनुसार पार्टीको आधिकारिक निर्णय केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले मात्रै गर्न सक्छ।

अब छिट्टै बस्ने केन्द्रीय समिति बैठकमा पनि खाणबारे छलफल हुने एक पदाधिकारीले बताए।

खाणलाई निलम्बन गरेर जानुपर्छ र अहिले नै निलम्बन गर्न हुन्न भन्ने मत पार्टीभित्र देखिएको छ। जुन दिन केन्द्रीय समिति बैठक बस्छ, सो बेला यो विषय छलफल भएर निर्णय हुन्छ, ती पदाधिकारीले भने, पदाधिकारी बैठकले त केही निर्णय नै गर्न सक्दैन।
पदाधिकारी बैठक पहिले सभापति देउवा र उपप्रधानमन्त्री समेत रहेका पूर्ण बहादुर खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । बालुवाटार स्रोतका अनुसार खाणको गिरफ्तारीले देउवालाई मर्माहत बनाएको छ । उनी निकै गम्भीर मुडमा रहेका छन् । पदाधिकारी बैठकमा पनि देउवा मौन नै रहेका थिए । गिरफ्तार खाणलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनलाई थप छानविन गर्न बुधबार प्रहरीले ४ दिनको म्याद लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu