काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।
बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । बाँकी रहेका प्रतिवेदन शुक्रबारनै प्रस्तुत गरिनेछ ।
प्रतिवेदन प्रस्तुत भएपछि समूह बनाएर छलफल गरिने एमालेले जनाएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् ।
बिहीबार ९हिजो०बाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक वैशाख ३० गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्