ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा ‘द फायर ग्याङ’को नाममा धम्क्याएर रकम असुल्ने दुई जना पक्राउ


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ७ : ४५   बजे

पोखरा । पोखराका पर्यटन व्यवसायीलाई धम्क्याएर रकम असुल्दै आएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा मारेक कटहरे गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–२५ स्थायी घर भई हाल लेकसाइड बस्ने २९ वर्षीय पंकज खड्का रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले करिब एक महिनादेखि पृथ्वीचोक, लेकसाइडलगायत क्षेत्रमा रहेका पर्यटन व्यवसायीलाई ‘द फायर ग्याङ’ नामका ह्वाट्सएप नम्बरबाट सम्पर्क गरी रकम माग गर्दै आएका थिए।

उनीहरूले जनधनको क्षति पुर्‍याउने, अपहरण गर्ने तथा दुर्घटना गराउनेजस्ता त्रासपूर्ण धम्की दिँदै व्यवसायीलाई रकम दिन बाध्य पार्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

धम्की दिँदै रकम माग भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले दुवै जनालाई भदौ १२ गते पोखरा महानगरपालिका–६ डिहिकोपाटनबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोहित पौडेलको ‘१७ बिन क्याफे’ले शुक्रबारको सबै कमाइ राहत कोषमा दिने

गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने

सम्बन्धित

उत्तरगया गाउँपालिकाका जनप्रतिनिधि ज्ञानु विक सम्पर्कविहीन

रक्षाबन्धनमा बहिनी खोज्दै शवगृह पुगेका दाजु, भाइको खोजीमा कविता

भोटेकोशी बाढी : ५९७ जनाको शव फेला, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu