ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेक्का सम्झौता पूरा नगर्नेलाई कारबाही गरिन्छ : मन्त्री ज्वाला


एबीसी / संवाददाता
३० बैशाख २०८०, शनिबार   ६ : २९   बजे

काठमाडौँ, ३० वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनता टेलिभिजनले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले यस क्षेत्रमा देखिएका ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरी गर्नेजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै त्यसको उचित व्यवस्थापन तथा अनुगमनका लागि आवश्यक नियम बनाउन सरोकारपक्षसँग परामर्श भइरहेको जानकारी दिए ।

मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री ज्वालाले यस क्षेत्रमा गरिने लगानीले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने बताउँदै त्यसले उनीहरूको खर्च गर्ने क्षमता विकास तथा पुँजी निर्माण हुने र अर्थतन्त्रको बहुआयामिक पक्षमा सकारात्मक प्रभाव पार्ने बताए ।

सडक यातायातको विस्तारले ग्रामीण समाजलाई सहरसँग जोड्ने भन्दै उनले कृषि क्षेत्रलाई यान्त्रिकरण गर्ने, उत्पादनलाई बजारीकरण गरी बाह्य आयातलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्वालाले आफ्नो मन्त्रालयमा चालु आर्थिक वर्षमा एक खर्ब ६७ अर्ब बजेट विनियोजन गरिएकामा अहिले एक खर्ब १३ अर्बको सिलिङ रहेकाले त्यसलाई वृद्धि गर्न विशेष कार्ययोजना तयारीको क्रममा रहेको जानकारी दिए ।

विद्युतीय सवारी साधनको प्रयोगलाई सार्वजनिक यातायातका क्षेत्रमा उपयोग गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न लागिएको बताउँदै उनले स्वदेशी ऊर्जा खपत गर्ने तथा पेट्रोलियम पदार्थको आयातमा न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नं मा नेपाली, अंग्रेजी तथा दुवै भाषाको प्रयोग गर्ने र सवारी अनुमतिपत्रको वितरण व्यवस्था सरल बनाउनका लागि गृहकार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ३ हजार २५३ जनाको उद्धार, १५ हेलिकप्टर परिचालन (अपडेट)

रसुवा बाढीको असर : उपत्यकाका मुख्य नाका बन्द, मालवाहक ट्रक काठमाडौंमै थन्किए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : ३ हजार २५३ जनाको उद्धार, १५ हेलिकप्टर परिचालन (अपडेट)

रसुवा बाढीको असर : उपत्यकाका मुख्य नाका बन्द, मालवाहक ट्रक काठमाडौंमै थन्किए

बाढीपीडितलाई सहयोग गर्न प्रधानमन्त्री राहत कोषमै रकम जम्मा गर्न सरकारको आग्रह

पोखरामा ‘द फायर ग्याङ’को नाममा धम्क्याएर रकम असुल्ने दुई जना पक्राउ

बाढीबाट ९३ हजार प्रभावित, रेडक्रसले ३१ मिलियन डलर सहयोग माग्यो

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगे कांग्रेस संसदीय दलका नेता आङ्देम्बे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu