ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोपबहादुरले भने : ‘हर्नियाले सताएको छ, बिरामी छु’


abc tv
१ जेष्ठ २०८०, सोमबार   ५ : ५२   बजे

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने नाममा करोडौं लिएर ठगी गरेको आरोप लागेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराइएको छ।

आइतवार राति बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई सोमबार दिउँसो जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

अदालतमा उपस्थित गराएर तीन दिन म्याद थपका क्रममा केहीबेर बहस भएको छ।

पक्ष विपक्षको बहसका पक्राउ परेका रायमाझीले पनि न्यायाधीश केशव अधिकारीको इजलासमा उपस्थित भएर आफ्ना कुरा राखेका थिए।

अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीले म्याद थपका क्रममा आफू हर्नियाको बिरामी भन्दै केही सहुलियत न्यायाधीशसँग खोजेका थिए।

उनले आफू बिरामी रहेको भन्दै त्यसअनुसार अस्पतालमा बस्ने गरी सुविधा दिनुपर्ने आशय उनले न्यायाधीशसँग राखेका थिए।

तर बहसका क्रममा सरकारी वकिल लक्षमण घिमिरेले आफू पनि हर्नियाकै बिरामी रहेको भन्दै काममा कुनै समस्या नरहेको जवाफ रायमाझीलाई दिए।

‘म पनि त्यस (हर्निया) कै बिरामी हो। म अहिले पनि म बेल्ट बाँधेर हिँडिरहेको छु, २४ घण्टा खटिरहेको छु’, उनले बहसका क्रममन भने।

टोपबहादुरले बिरामी परेकाले त्यसअनुसारको सुविधा खोजेपछि इजलासबाट न्यायाधीश केवश अधिकारीले आफू पनि त्यसकै बिरामी रहेको जवाफ उनलाई फर्काए।

‘म आफैं पनि त्यही बिरामी हुँ,’ उनले आफू सामान्य रहेको आशयसहित टोपबहादुरलाई जवाफ फर्काउँदै भने।

त्यसक्रममा टोपबहादुरको तर्फबाट बहस गर्दै एकजना अधिवक्ताले अलिकति बिरामी भएकाले हेरिदिनुपर्ने धारणा राखेका थिए। ‘बिरामी भएकाले केही समसया हुनसक्छ, साह्रोगाह्रो हुन सक्छ’, उनले इजलासमा भनेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group