ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरणार्थी प्रकरण : अर्बपती विनोद चौधरीको घरमा आङटावाले यसरी भराउँथे फारम


एबीसी न्यूज
२ जेष्ठ २०८०, मंगलबार   ३ : ३२   बजे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगिरहेका बेला अर्बपती व्यापारी एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीसमेत यस प्रकरणमा तानिदैँ छन् ।

अर्बपति विनोद चौधरीको घरमा शरणार्थी छुट सम्बन्धी फारम भर्दै गर्दाको भिडियो सार्वजनिक भएसँगै यो प्रकरणमा नयाँ ट्विस्ट आएको हो । काँग्रेस पूर्व सांसद आङटावा शेर्पा र उनको आफन्त डजोन शेर्पाले नक्कली भुटानी शरणार्थी प्रमाणीकरण गर्न व्यापारी विनोद चौधरीको घर प्रयोग गरेर फर्म भर्ने र आर्थिक लेनदेन गरेको भिडियो बाहिरिएको हो ।

पूर्वमन्त्री महेश बस्नेतले आङटावाले चौधरी निवासमा बसेर दर्जनौ व्यक्तिहरुको फारम भर्दाको भिडियो सार्वजनिक गरेका हुन्। शेर्पा उनै व्यक्ति हुन जसले आरजु ,बालकृष्ण र मञ्जु खाँणहरूले सम्बन्धित दलालहरूसँग बुझेको रकम फिर्ता गराएर चोख्याउन लगेका थिए ।

सार्वजनिक भएको भिडियोमा फर्म भर्नेहरूले विनोद चौधरीको घर देखाएर उनको नाम लिइरहेको भन्दै पूर्वमन्त्री बस्नेतले प्रहरीले अहिलेसम्म गरेको छानबिनको उच्च सम्मान गर्दै थप अनुसन्धानको माग गरेका छन् । पूर्व सांसद आङटावा पक्राउ पुर्जी जारी भएसँगै हिजो सोमबार प्रहरीकोमा आत्मसमर्पण गरिसकेका छन् । अर्बपति विनोद चौधरीसमेत यस प्रकरणमा जोडिएसँगै यो प्रकरणले थप मोड लिने अपेक्षा गरिएको छ ।

https://www.facebook.com/100044386930865/videos/pcb.811306367025587/236998322268242

​​​​​​​

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group