ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मुम्बइमाथि लखनउकाे राेमाञ्चक जित


एबीसी / संवाददाता
३ जेष्ठ २०८०, बुधबार   ७ : ३९   बजे

काठमाडौँ, ३ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले १७२ रन मात्र बनाउन सक्यो ।

लखनउको जितमा मार्कुस स्टोइनिसले सानदार ब्याटिङ गर्दा अन्तिम ओभरमा मोहसिन खानले उत्कृष्ट बलिङ गरे ।

मुम्मबइलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो र टिम ढेविड र क्यामरुन ग्रीन जस्ता ब्याटर क्रिजमा थिए । तर लखनउका मोहनसिन खानले अन्तिम ओभरमा कुनै जम्मा ५ रन मात्र दिए । मुम्बइका खेलाडीले अन्तिम ओभरमा कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

म्मुबइका लागि ओपनर इशन किसनले ३९ बलमा सर्वाधिक ५९ रन बनाएका थिए । कप्तान रोहित शर्माले ३७ रन जोड्दा टिम डेविडले अविजित ३२ रन बनाए ।

लखनउका यश ठाकुर र रवी बिश्नोइले २र२ तथा मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले स्टोइनिसको आक्रमक ब्याटिङमा तीन विकेट गुमाएर १७७ रन बनाएको थियो । स्टोनइसले ४७ बल खेल्दै अविजित ८९ रन बनाए । उनले ४ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै, रिटायर्ट हर्ट हुनुअघि कप्तान क्रुनल पाण्ड्याले ४२ बलमा ४९ रन बनाए । स्टोइनिस र क्रुनल मिलेर चौथो विकेटका लागि ८२ रनको साझेदारी गरे । क्वेन्टन डे ककले १६ रन बनाए । मुम्बइका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिए ।

जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बइलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नाइको पनि समान १५ अंक भएपनि नेट रनरेटमा लखनउ पछि छ । मुम्बई १५ खेलबाट १४ अंकसहित चौथो स्थानमा झरेको छ ।

मुम्बईलाई पलेअफ पुग्न अब अन्तिम खेल जित्नुपर्ने अवस्था छ ।

मुम्बईले अब सनराइजर्स हैदरवादसँग खेल्न बाँकी छ भने लअनउले लिगको अन्तिम खेल कोलकता नाइट राइडर्ससँग खेल्नेछ ।

अहिलेसम्म साविक विजेता गुजरात टाइटन्स प्लेअफ पुगिसकेको छ भने हैदरावाद र दिल्ली क्यापिटल्स लिगबाटै बाहिरिसकेका छन् । बाँकी ७ टिम प्लेअफको बाँकी तीन स्थानमा रहने होडमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu