ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मह प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा


एबीसी न्यूज
३ जेष्ठ २०८०, बुधबार   १ : २६   बजे
काठमाडौं, ३ जेठ ।  पहाडी जिल्ला लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माण गर्न लागिएको उक्त केन्द्र अन्तिम चरणमा पुगेको हो ।
केन्द्रको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ । जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्नका लागि उक्त केन्द्र स्थापना गर्न लागिएको हो । मह प्रशोधनका लागि एकतले आर्सिसी भवनमा ठूलाठूला दुईवटा कोठा निर्माण गरिएको सो समितिका संयोजक केशबहादुर गुरुङले बताउनुभयो । हाल फिनिसिङ  र  झ्यालढोका राख्ने काम भइरहेको छ । उहाँका अनुसार विसं २०७९ वैशाखमा सम्झौता भई उक्त केन्द्रको निर्माण सुरु गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक वर्ष २०७८÷७९ को रु १५ लाख बजेट र ०७९÷८० को रु १४ लाख बजेट गरी रु २८ लाखमा भवन निर्माण भइरहेको बताइएको छ ।संयोजक गुरुङका अनुसार मह प्रशोधनका लागि ग्रामीण सामुदायिक विकास केन्द्रले रु चार लाख बराबरको मह प्रशोधन उपकरणसमेत सहयोग गरेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको यस भवन यही जेठ १५ गतेभित्रमा सम्पन्न गर्ने गरी निर्माण तीव्र बनाइएको छ । परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार जिल्लामा बर्सेनि  करिब ५० टन बढी मह उत्पादन हुँदै आएको छ ।
उहाँले भन्नुभयो, “जिल्ला तथा जिल्लाबाहिर महको माग उच्च रहेकाले जिल्लाका किसानहरु मौरीपालनतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा प्रतिकेजी रु एक हजार एक सयमा मह बिक्री हुँदै आएको छ । उत्पादित महलाई घरमा प्रशोधन गर्दा त्यति शुद्ध नहुनाका साथै  धेरै समय लाग्ने भएकाले छिटोछरितो प्रशोधनका लागि केन्द्र स्थापना गर्ने तयारी भएको बताइएको छ । उक्त केन्द्रमा एक पटकमा एक सय लिटरसम्म मह प्रशोधन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group