ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा राष्ट्रियपार्क सम्मेलन हुँदै


एबीसी न्यूज
३ जेष्ठ २०८०, बुधबार   ४ : ०५   बजे

काठमाडौं, ३ जेठ । सार्वजनिकस्थलमा पार्क सञ्चालन भइरहेपनि ती पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागिएको छ । ‘प्रकृति संरक्षण र सौन्दर्य हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि प्रथम पार्क सम्मेलन’ भन्ने नारासहित यही जेठको ६ र ७ गते बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा प्रथम पार्क सम्मेलन आयोजना गर्न लागिएकोे राष्ट्रियपार्क सम्मेलन आयोजक समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पर्यटनको प्रचुर सम्भावना रहेकोे नेपालमा पार्क–पर्यापर्यटनका लागि राम्रो गन्तव्य बन्दै गएको र निर्माण भएका पार्कको विकास तथा व्यवस्थापनका लागि कुनै प्रकारको कानुन नभएका कारण सरकारलाई कानुन निर्माणमा घचघच्याउन उक्त सम्मेलन आयोजना गर्न राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजक तथा मणिमुकुन्द उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले जानकारी गराउनुभयो ।

पर्यटन प्रवद्र्धन र विकास अवधारणामा विगतका बगैँचा, फूलबारी, गुफा, तालतलैया, सिमसार क्षेत्र, मठमन्दिरलगायत रमणीयस्थान अहिले पार्क, उद्यान तथा वाटिकाको रुपमा विकास भएका छन् । ती पार्क तथा उद्यानलाई जैविक विविधताको संरक्षण सँगसँगै सौन्दर्य र मनोरञ्जनका अतिरिक्त आर्थिक क्षेत्रको प्राप्ति, अध्ययन अनुसन्धानस्थल, रोजगारी सिर्जना तथा आन्तरिक र बाह्य पर्यटनको प्रमुख गन्तव्य बनाउन आवश्यक देखिएकोले त्यसलाई मध्यनजर गरेर सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो ।
पार्क तथा उद्यानको सञ्चालन तथा व्यवस्थापनका लागि त्यहाँका समस्या पहिचान, समाधानको उपायको खोजी गर्न र आवश्यक कानुन निर्माणलाई जोड दिएर राष्ट्रिय पार्क सम्मेलन गर्न लागिएको आयोजक समितिका सदस्य तथा शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकाका अध्यक्ष वेलप्रसाद शर्माले बताउनुभयो ।

नेपालमा अहिले कतिवटा पार्क छन् भन्ने यकिन तथ्याङ्क नभए पनि सम्मेलनमा एक सय ५० पार्कबाट दुई सय ५० देखि तीन सय प्रतिनिधि सहभागी हुने उहाँले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group