काठमाडौँ, ४ जेठ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताएका छन् ।
काठमाडौँमा सनुर्भी इन्टरनेसनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताए ।
“हामी युवाको अन्य गतिविधीमा सहकार्य गर्न तत्पर छौँ”, उनले भने, “युवाको विचार, दृष्टिकोण तथा सिर्जनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ ।”
मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताए । “प्रयास गरिरहनुपर्छ । सफलता अवश्य मिल्छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्