ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा


एबीसी / संवाददाता
४ जेष्ठ २०८०, बिहिबार   ७ : ४६   बजे

काठमाडौँ, ४ जेठ । म्यानचेस्टर सिटी साविक विजेता रियल मड्रिडमाथि समग्रमा ५–१ गोलको सानदार जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

प्रिमियर लिग क्लब सिटीको मैदान इत्तिहादमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा मड्रिड ४–० को फराकिलो अन्तरले पराजित भयो । सान्टियागो बर्नाबेउमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । अवे खेलमा भने कार्लोस एन्सेलोटीको टिमले फितलो प्रदर्शन गर्‍यो ।

२३औँ मिनेटमा बर्नान्डो सिल्भाको गोलमार्फत् सिटीले अग्रता लिएको थियो । उनले केभिन डी ब्रुयानको सहयोगमा गोल गरेका हुन् । यस्तै, ३७औँ मिनेटमा सिल्भाले नै गोल गरेपटि पेप ग्वार्डिवालाको टोली पहिलो हाफमै २–० ले अघि रह्यो ।

दोस्रो हाफको सुरूवातमा मड्रिडले सिटीलाई दबावमा राखेको थियो । तर, सिटीका गोलकिपर एन्डरसनले डेविड अलावा र करिम बेन्जेमाको प्रहारलाई बचाए ।

७६औँ मिनेटमा म्यानुएल एकान्जीले गोल गरेपछि भने मड्रिडको खेलमा फर्कने सम्भावना लगभग समाप्ता हुँदा घरेलु समर्थकले जितको खुसीयाली मनाउन सुरू गरेका थिए । यो पटक पनि गोलका लागि डी ब्रुयानले नै सहयोग गरेका थिए ।

इन्जुरी समयमा वैकल्पिक खेलाडी युलियन अल्काराजले चौथो गोल थपे । उनी अर्लिङ हालान्डको स्थानमा खेल सकिन एक मिनेट बाँकी हुँदा मैदान प्रवेश गरेका थिए ।

सिटी दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि सन् २०२१ मा सिटी उपाधि भिडन्तमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीसँग पराजित भएको थियो । गत सिजन सिटी सेमिफाइनलमा मड्रिडसँगै स्तब्ध बनेको थियो ।

अहिलेसम्म च्याम्पियन्स लिग जित्न नसकेको सिटी र इटालियन क्लब इन्टर मिलानबीच टर्कीएको इस्तानबुलमा १० जुनमा प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu