ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पन्जाब दिल्लीसँग स्तब्ध


एबीसी / संवाददाता
४ जेष्ठ २०८०, बिहिबार   ९ : ४९   बजे

काठमाडौँ, ४ जेठ । पन्जाब किंग्स इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको छ । २१४ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि लियाम लिभिङस्टोनको प्रयास असफल भयो ।

यो हारसँगै पन्जाबको प्लेअफ सम्भावना अंक गणितीय मात्रै बाँकी रहेको छ ।

जितका लागि २१४ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनाउन सक्यो । पन्जाबका लिभिङस्टोनले ४८ बलमा ९ छक्का र ५ चौकासहित सर्वाधिक ९४ रन बनाए पनि जित दिलाउन सकेनन् ।

त्यस्तै, अथर्व टाडेले ४२ बलमा २ छक्का र ५ चौकासहित ५५ रनमा रिटायर्डहर्ट आउट भएका थिए । अन्य कुनै पन्जाबी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका इशान शर्मा र एनरिच नोर्कियाले समान २–२ विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक विकेट लिए ।

यसअघि, हिमाञ्चल प्रदेशको धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा मात्र २ विकेटको नोक्सानीमा २१३ रनको योगफल बनायो । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीको इनिङ्समा कप्तान डेविड वार्नरले ४७ रन जोडे । पृथ्वी शाँले ५४ रन बनाए । राइली रोसोउलाई रोक्न नसक्दा पन्जाबले विशाल लक्ष्य पाएको हो । उनले ३७ बलमा ६ छक्का र ६ चौकाको मद्धतमा नटआउट ८२ रन बनाए । फिल साल्टले २६ रन जोडे ।

पन्जाबका साम करनले २ विकेट लिए ।

यो हारपछि पन्जाब प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । आठौँ स्थानमा रहेको उसको १३ खेलबाट १२ अंक छ । अब पन्जाबले अन्य टिमको नतिजाब भर पर्नु पर्ने छ ।

पन्जाबले अन्तिम खेल शुक्रबार राजस्थान रोयल्ससँग खेल्ने छ । दिल्लीले अन्तिम खेल शनिबार चेन्नइ सुपर किंग्ससँग खेल्ने छ । पन्जाब प्लेअफ अन्तिम खेलमा फराकिलो जितका साथै बेंगलोर, कोलकाता र मुम्बइले बाँकी खेल हार्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu