ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीय आन्दोलित


एबीसी न्यूज
५ जेष्ठ २०८०, शुक्रबार   ७ : १६   बजे

काठमान्डौ जेष्ठ ५ — उदयपुरको बेलका नगरपालिका – ४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयहरूले प्रदर्शन गर्नुका साथै अर्को एक टिपरमा आगजनी गरेका छन् ।

मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाटमा दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घटनापछि टिपर र चालक कटारी नगरपालिका– २ का २३ वर्षीय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करले बालिकको मृत्यु भएपछि आन्दोलित स्थानीयले मदन भण्डारी राजर्माग हुँदै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को अर्को टिपरमाथि आगजनी गरेका छन् । टिपरमा गरिएको आगजनी निभाउन गएको चौदण्डीगढी नगरपालिकाको दमकल समेत स्थानीयले तोडफोड गरेका छन् । तोडफोड गरिएको दमकल चल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।

टिपरमा अगजनीपछि मदन भण्डारी राजर्माग हुँदै पूर्वपश्चिम आवत जावत गरिरहेका सवारी साधनलाई वीरेन्द्र चौबाट तपेश्वरी(भागलपुर हुँदै वैकल्पिक मार्ग भएर पठाइएको प्रहरीले जनाएको छ ।

,

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group