ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको नीति कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो : ओली


ABC NEWS
६ जेष्ठ २०८०, शनिबार   ३ : ३९   बजे

काठमाडौं ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम समाजप्रति गम्भीर नबनेको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा ‘शब्दजाल’ बाहेक केही नभएको टिप्पणी गरे।

‘नीति तथा कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो छ।

नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता नभएको ओलीको भनाई छ।

‘यस नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता छैन। समाजले हजारौं वर्ष लगाएर बनाएका मूल्य मान्यताका बारेमा ध्यान छैन,,’ ओलीले भने।

साथै, संघीयतामाथि प्रश्न उठेका विषयमा जवाफ माग गरेका छन्।

‘संघीयतामाथि जे जति प्रश्न उठेका छन् त्यसको उत्तर के होरु संघीयता आवश्यक छ यस अर्थले र यसलाई सवलीकरणल गर्छौं भनेर कहीँपनि भएको छैन,’ उनले भने।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नीतिमाथि छलफल नभएको उनले बैठकमा सम्बोधनको क्रममा भने।

‘नीति नै छैन नि यसमा। नीतिमाथि कुनै छलफल नै छैन। यो हाम्रो डेस्टिनेशन हो, यसबाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो,’ ओलीले भने, ‘त्यसले काम पनि गर्नसक्थ्यो। यो त नजानेर बेग्लै कुरा हो, सबै राम्रा शब्दहरू राख्न खोजिएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group