ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोल्यान्ड लैजाने भन्दै टिकटकमा विज्ञापन गरेको गिरोहका सदस्य दुई विदेशी नागरिक होटल मेरियटबाट पक्राउ


ABC NEWS
६ जेष्ठ २०८०, शनिबार   ३ : ४७   बजे

काठमाडौं ६ जेठ । शनिबार नक्सालस्थित मेरियट होटल अगाडि बिहानैदेखि युवाहरूको भिड थियो।

उनीहरू फेसबुक र टिकटकमा एउटा भिडिओ हेरेर पोल्याण्ड र युरोप जानेबारे बुझ्न मेरियट पुगेका थिए।

केहीदिन अघि टिकटकमा लबकअज्ञढड नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक भएको थियो। भिडिओमा ुरिताु नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजान चाहेको बताएकी थिइन्।

उनले निवेदककै समय र स्थानमा सेमिनार र अन्तर्वार्ता हुने बताउँदै सम्पर्क नम्बर उपलब्ध गराएकी थिइन्। त्यही आधारमा शनिबार बिहानैदेखि सयौंको संख्यामा युवाहरू मेरियट अगाडि उपस्थित भएका थिए।

भिड जम्मा भएपछि प्रहरीले सोधपुछ गरेको थियो।

पोल्यान्ड लाने भनेर टिकटकमा विज्ञापन गरेको र त्यही विज्ञापन हेरेर सयौं मानिसहरू उपस्थित भएको पाइएपछि वैदेशिक रोजगार विभागलाई खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोली मेरियट पुगेको थियो। विभागका महानिर्देशक मदन दाहालले दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।

ल्अभिि
‘पोल्यान्ड लगिदिने भनेर अन्तर्वार्ताको लागि मेरियट होटलमा बोलाएका रहेछन्। हामीसँग कुनै स्वीकृति पनि लिएका थिएनन्,’ उनले भने, ‘टिकटक, ह्वाट्स एपमार्फत् बोलाइएको रहेछ। मानिसहरू पनि थुप्रै जम्मा भएका थिए। त्यस्तो खबर पाएपछि हाम्रो टोली गएर दुई जना विदेशी नागरिकलाई पक्राउ गरेका छौं।’

पक्राउ पर्नेहरूमा पोल्यान्डका नागरिक एलेग फेडोसिक र दुबईका र्‍याट फियागोसिक रहेको विभागका शाखा अधिकृत धर्मराज लम्सालले जानकारी दिए।

उनीहरूको युएईको जुभेरास्थित नर्थ अमेरिकन भिसा सर्भिसमा आवद्धता देखिएको लम्सालले बताए।

उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group