धनगढी ६ जेठ । सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभाको रोस्टम घेराउ गरेको छ।
शनिबार बसेको प्रदेशसभा बैठकमा सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भएपनि सभामुखले बोल्न नदिएर संसदीय मर्यादा मिचेको भन्दै एमालेले विरोध गरेको हो।
विशेष समय वा शून्य समय भन्ने प्रष्टता नदिएको भन्दै एमाले सांसदहरूले प्रदेशसभाको वेल घेराउ गरेका थिए।
एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका थिए।
प्रतिक्रिया दिनुहोस्