ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलीमाथि शुभमन भारी, मुम्बई प्लेअफमा


एबीसी / संवाददाता
८ जेष्ठ २०८०, सोमबार   ६ : ५७   बजे

काठमाडौँ, ८ जेठ । शुभमन गिलले शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।

बेंगलोरमा घरेलु टोलीले दिएको १९८ रनको लक्ष्य गुजरातले ५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । गुजरातको जितमा शुभमन गिल ५२ बलमा ८ छक्का र ५ चौकासहित १०४ नटआउट रहे । गिलको यो लगातार दोस्रो शतक हो । गिलले यसअघि सनराइजर्स हैदरावादविरूद्ध १०१ रनको शतकीय इनिङ्स खेलेका थिए ।

यस्तै, विजय शंकरले ५३, ऋद्धिमान साहाले १२ रनको पारी खेल्दा डेविड मिलर ६ रनमा आउट भए ।

बेंगलोरका मोहम्मद सिराजले २ विकेट लिए । जियकुमार वैश्यक र हर्षल पटेलले समान एक विकेत लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनायो । बेंगलोरका विराट कोहली ६१ बलमा एक छक्का र १३ चौकासहित सर्वाधिक १०१ रनमा नटआउट रहे । कोहलीको योसँगै आइपिएलमा सर्वाधिक ७ शतक प्रहार गर्ने ब्याटर बनेका छन् ।

उनीपछि क्रिस गेलले ६ र जस बटलरले ५ शतक प्रहार गरेका छन् । कोहलीको यो लगातार दोस्रो शतकसमेत हो । तर, बेंगलोर बाहिरिनु पुग्यो । फाफ डु प्लेसिस २८, माइकल ब्रेसवेल २६, ग्लेन म्याक्सवेल ११ रनमा आउट भए । अनुज रावत १५ बलमा १ छक्का र १ चौकासहित २३ रनमा नटआउट रहे ।

हारसँगै बैंगलोर प्रतियोगिताबाट बाहिरियो भने मुम्बईले प्लेअफमा स्थान बनायो ।

गुजरात १४ खेलमा १० मा जित र ४ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा रह्यो । चेन्नई ८ मा जित र ५ मा हरसहित १७ अंकका साथ दोस्रो स्थानमा रहँदा समान १७ अंक भए पनि लखनऊ रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रह्यो । मुम्बई १४ खेलमा ८ मा जित र ६ मा हारसहित १६ अंकका साथ चौथो स्थानमा रह्यो । १४ अंक जोडेर पाँचौँ स्थानमा रहेको बेंगलोर बाहिरियो ।

शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफार हुने छ । जित हात पार्ने टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टोली दोस्रो क्वालिफायरमा पुग्ने छ ।

लखनऊले एलिमिनेटरमा मुम्बईसँग खेल्ने छ । एलिमिनेटरमा जित हात पार्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टोली बाहिरिने छ । दोस्रो क्वालिफारयको विजेता टोली फाइनल पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu